Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको निर्वाचन अफर सार्वजनिक

टेलिकमको निर्वाचन अफर सार्वजनिक


काठमाडौं । नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको हो ।

यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा दुई सय ९४ रुपैयाँमा उपलब्ध छ । यसैगरी छ जीबी डाटा तीन दिनसम्म प्रयोग गर्न सकिने प्याक मात्र ९८ रुपैयाँमा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ । यो अफर आइतबारदेखि सुरु भएको र आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट स्टार१४१५ह्याक्स डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया