Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्किल सेवाद्वारा सेवा एपको बेटा भर्जन सार्वजनिक

स्किल सेवाद्वारा सेवा एपको बेटा भर्जन सार्वजनिक


काठमाडौं । घरको डाक्टर भनेर चिनिएको स्किल सेवाले सेवा एपको बेटा भर्जन लन्च गरेको छ । यसको प्रयोग गरेर मोबाइलबाट घरबहाल सम्झौता पत्र बनाउन सकिनेछ । यो एपले पछिल्लो समय राजधानीमा रुम फाइन्डरको नाममा भइरहेको बिचौलियातन्त्रलाई समेत अन्त्य गर्ने कम्पनीको दाबी छ ।

घरबेटीले कोठा खाली भए नभएको जानकारी एपमा सजिलैसँग अपडेट गर्न पाउने छन । घरबेटी सम्झौतापत्र घरबेटी र बहालमा बस्ने बिचको भाडाको कानुनी अभिलेख सम्झौता पत्र हो । प्राय मानिसले सम्झौतापत्र बनाउन झन्झट मान्ने गर्दछन र सम्झौतापत्र बिना कोठा भाडा दिने गर्दछन । यस समस्यालाई समाधान गर्न गर्नको लागि सेवा एपले यो फिचर ल्याएको हो । घरबेटी र डेरावालबीच केही समयमै विना शुल्क सम्झौता गर्न सकिन्छ । आवश्यक सूचना दर्ता गरेपछि केही समयमै समझौतापत्र जेनिरिट गर्न सकिन्छ । यो सम्झौतापत्रलाई सजिलैसँग डाउनलोड गर्न सकिन्छ ।

यस्तै सेवामा एपबाट महत्वपूर्ण सूचनाहरु अब मोबाइलमै दैनिक रुपमा नोटिफिकेसन रुपमा प्राप्त गर्न सकिने छ । आधिकारिक सूचनाहरु सबैले थाहा पाउन जरुरी हुन्छ सूचनाको सहज पहुँचको लागि यो फिचर ल्याएको हो । यो फिचरका कारण जनता र स्थानिय सरकारबीचको सम्बन्ध राम्रो हुने कमपनीले विश्वास लिएको छ । मोबाइल एपमा रजिस्टर गर्दा नै आफ्नो वार्ड र नगरपालिका छान्नुपर्नेछ । सोहीबमोजिन आफ्नो वार्ड र नगरपालिकाको सूचनाहरु सूचना प्रकाशन भए÷नभएको केही समयमै थाहा पाउन सकिन्छ । यसैगरी सेवा एपले प्रत्येक दिन आफूले गर्ने गरेका कामहरुलाई नियमित रुपले भ्लग, फोटो, भिडियो एवम वेबसाइटमा निरन्तर रुपले राख्ने गरेको छ ।

सेवा एप कस्टमर र सेवा एप प्रोभाइडर गरी दुईवटा एपको बेटा भर्जन कम्पनीले सार्वजनिक गरेको छ । सेवा एप कस्टमर घरबेटीलक्षित गरेर बनाइएको एप हो भने सेवा एप प्रोभाइडर प्लम्बिङ, इलेक्ट्रिसियन, पेन्टिङ जस्ता ३० भन्दा धेरै सेवाहरु दिने दक्ष जनशक्तिको लागि बनाइएको एप हो । जसमा रजिस्ट्रर गरेर सेवा दिने व्यक्तिले यो एपमार्फत निरन्तर काम पाउने र पैसा उठाउन कुनै पनि किसिमको झन्झट नहुने बताइएको छ । सेवा एपमा स्थानीय क्षेत्रमा रहेको पसलेहरुले आफ्नो पसलमा राखिएको सामान, त्यसको मूल्य उल्लेख गरि व्यापारलाई अझै प्रवद्र्धन गर्ने मौका पाउनेछन् । यो सेवा अहिलेको लागि पूर्ण रुपमा निःशुल्क गरिएको कम्पनीले जनाएको छ । यो सेवाले गर्दा व्यवसायीहरुलाई पनि ठूलो मद्दत पुग्ने र डिजिटल उपस्थिति पनि बढने कम्पनीको दाबी छ ।

ग्राहकले कुन सामान कुन पसलमा पाउन सकिन्छ र त्यसलाई कति मूल्य पर्छ भन्ने जानकारी मोबाइलबाट नै थाहा पाउने भएकाले समय र पैसाको बचत गर्न सक्नेछन् । यस फिचरमा व्यवसायीले आफ्नो पसल सेवा एपमा लिस्टिङ गर्न पाउने व्यवस्था छ । सेवा एपबाट जोसुकैले पनि समान किनबेच गर्न पाउनेछन् । सेकेन्ड हेन्ड सामानहरु पनि किन बेच गर्न पनि सजिलो हुने कम्पनीले बताएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया