Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसस्तोमा भिभोका उत्कृष्ट स्मार्टफोन

सस्तोमा भिभोका उत्कृष्ट स्मार्टफोन


काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले स्मार्टफोन बजारमा ‘कम मूल्यमा धेरै’ भन्ने रणनीतिमा आफूलाई अब्बल बनाएको छ । भिभोले सुलभ मूल्यका विकल्पहरूद्वारा बजारमा आफ्नो पकड बनाएको हो । प्रयोगकर्ताहरूले किन्ने हरेक नयाँ उत्पादनहरुमा भिभोले यी कुरामा विशेष ख्याल राख्दै आएको छ ।

भिभोका अनुसार, नवीनता यस ब्रान्डको आधार हो । भिभोका लागि, इनोभेसन भनेको बजारमा सुलभ मूल्यमा अत्याधुनिक विशेषताहरु र नयाँ प्रविधिहरू प्रदान गर्नु हो । भिभोलअ‍े आफ्नो स्मार्टफोनमा ल्याउने हरेक नयाँ सुविधा छिटो नै मापदण्ड बन्ने गरेको छ । वाई र भी सिरिजका धेरै स्मार्टफोनहरुमा कम्पनीले प्राय डिजाइन र विशेषताहरूमा नवीनता प्रदर्शन गर्दछ ।

सुलभ वाई सिरिज : भिभोले वाई सिरिजका स्मार्टफोनहरू विशेष गरी युवाहरूको स्मार्टफोनको चाहना र मागलाई ध्यानमा राखेर डिजाइन गरेको छ । युवा प्रयोगकर्ताहरूको सुझावको आधारमा, यस शृंखलाका प्रत्येक स्मार्टफोनहरू सिर्जना गर्नुका साथै सुधार गरिएको छ । वाई५५, वाई१६, वाई१५सी, वाई०१, र वाई३३एस लगायतका स्मार्टफोनहरूले शक्तिशाली प्रदर्शन क्षमताहरू, अत्याधुनिक क्यामेराहरू, र दैनिक क्रियाकलापहरूमा प्रयोगकर्ताहरूलाई समर्थन गर्न सक्ने विशाल ब्याट्री प्रदान गर्दछ । यस शृंखलाका उपकरणहरूमा शक्तिशाली प्रोसेसर, लामो समय टिक्ने ५००० एमएएच ब्याट्री, सुन्दर तस्बिरहरूका लागि उच्च गुणस्तरको क्यामेरा र विभिन्न मूल्य दायराहरूमा विभिन्न सुविधाहरू छन् । यी स्मार्टफोनहरू आधुनिक र प्राविधिक रूपमा उन्नत भावनाको साथ विकसित गरिएका छन् । सक्रिय, सफल जीवन बिताउने र निरन्तर यात्रामा रहनेहरूका लागि वाई सिरिज आदर्श साथी हो ।

प्रिमियम भी सिरिज : भी सिरिजले आफ्नो उत्कृष्ट क्यामेरा र अत्याधुनिक डिजाइन टेक्नोलोजीको साथ अन्य स्मार्टफोनहरूको लागि मापदण्ड बढाएको छ । साथै, यस सिरिजका स्मार्टफोनहरूमा अत्याधुनिक अपरेटिङ सिस्टमहरू, ठूलो मेमोरी क्षमताहरू, र शक्तिशाली कम्प्युटिङ क्षमताहरू समावेश छन् । भी२३ फाइभजी र भी२५ सिरिजमा उद्योगको अग्रणी रंग–परिवर्तन गर्ने फ्लोराइट एजी डिजाइन छ जसले प्रयोगकर्ताहरुलाई कुनै पनि परिस्थितिमा तयार र ट्रेन्डी राख्न मद्दत गर्दछ । भी२५ सिरिज उत्कृष्ट क्यामेरा क्षमताहरू र सहज इमेजिङ प्रविधिको साथ आउँछ । यसमा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा रहेको छ जसले कम प्रकाशमा पनि अल्ट्रा–एचडीमा तस्बिरहरू र भिडियोहरू खिच्न सक्छ ।

भी२१, भी२१ई, भी२३, भी२५ई र भी२५ यस सिरिजमा युवाहरूले मन पराउने स्मार्टफोनहरूमध्येका एक हुन् । वाइड–एंगल क्यामेराहरू, म्याक्रो क्यामेराहरू, र आई अटोफोकसहरू यी सबै उपकरणमा उपलब्ध हुने सुविधाहरूमध्ये हुन् । यो सिरिजले ग्राहकहरूलाई स्टाइलिश फोटोहरू खिच्न र व्यक्तिगत स्टाइलसँग मिलाएर अप्डेटेड रहन सक्षम बनाउँछ । यसको उल्लेखनीय र अतुलनीय कार्यसम्पादनका कारण, भिभोलाई जीवनस्तर वृद्धि र सरल बनाउने प्रविधि सिर्जना गर्ने विशेषज्ञको रूपमा लिइन्छ । तसर्थ, धेरै विकल्पहरूको दायरामा यहाँ सबैको जीवनशैलीमा फिट हुने उपकरणहरु छन् । भिभोले सबै प्रकारका प्रयोगकर्ताहरुलाई समेटेर उनीहरुको अनुभवलाई वृद्धि गर्न अत्याधुनिक प्रविधि विकास गर्न जारी राख्नेछ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया