Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘बेन्कार्डो’ बाथरूम वेयर एप

‘बेन्कार्डो’ बाथरूम वेयर एप


काठमाडौं । बाथरुम वेयर ब्रान्ड बेन्कार्डोले नेपालमै पहिलो बाथरूम वेयर एप ल्याएको छ । यस एपबाट उपभोक्ताले बजारमा उपलब्ध सबै उत्पादनहरू, नजिकै अवस्थित डिलरहरू, बिक्री सेवा र प्लम्बिङ सेवाहरू सजिलैसँग हेर्न सक्नेछन् ।

आफ्नो घरको समस्या, फोटो वा भिडियो अपलोड गरी ४८ घण्टाभित्र प्लम्बिङ सेवाहरू प्राप्त गर्न सक्नेछन् । एकपटक प्लम्बरले कार्य पूरा गरेपछि दुवै उपभोक्ता र प्लम्बरले आफ्नो एपमा समस्या हल भएको जानकारी टिपाउन सक्छन् । कम्पनीले सबै पर्यावरणअनुकूल उत्पादनहरुको प्रयोगद्वारा प्रवेशस्तरदेखि लक्जरी बाथरूमसम्मको उत्कृष्ट डिजाइन प्रदान गर्ने गरेको छ । आईएसओ, सासो, सीई प्रमाणित बेन्कार्डोमा फिक्स्चर र फिटिङहरूमा सफा, सुरुचिपूर्ण, कार्यात्मक र कालातीत बेसिनहरू, शौचालयहरू, बाथरूम भ्यानिटीहरू र नुहाउने ठाउँहरू यसको दायराहरूमा समावेश छन् । किफायती मूल्यमा लक्जरी सपनाको बाथरूम प्रस्तुत गर्ने पहिलो कम्पनी बेकार्डोका मुख्य खण्डहरू सेनेटरी वेयर, फसेट, किचन सिंक र टाइलहरू हुन् । बेन्कार्डोका उत्पादनहरूमा इको फ्लस वाटर सेभर, जर्म–फ्री, डुअल फ्लस र सफ्ट क्लोज सिट कभर प्रणाली लगाइएको छ ।

यस्तै जर्म फ्री सेनेटरी वेयरलाई विशेष सिल्भरनानो ग्लेजले लेपित गरिएको छ, जसले किटाणु वृद्धिमा रोक लगाउँछ, उल्लेखनीय रूपमा गन्धबाट मुक्त राख्छ । डुअल फ्लस प्रणाली अर्को एक विशेषता हो जसले एकल १० लिटर फ्लस प्रदान गर्ने परम्परागत फ्लस ट्यांकहरूको तुलनामा छ लिटर फुल फ्लस र तीन लिटर हाफ फ्लसको लागि पानी बचत गर्न सक्षम बनाउँछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया