जगदम्बा स्टिल्सको सुपर शाइन र ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढ्यो
काठमाडौं । नेपालको पहिलो स्वचालित स्टिल उत्पादन कम्पनी जगदम्बा स्टिल्सको उत्पादन जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढेको छ ।
कम्पनीले एक विज्ञप्ति जारी गरी आफ्ना उत्पादनको माग बढेको जनाएको छ । जगदम्बा स्टिल्सले जगदम्बा सुपरशाइन र ग्याल्भा प्लसको निर्यात रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा गर्दै आइरहेको छ । यसका साथै साउथइस्ट एसिया, मिडल इस्टर्न कन्ट्रिज र साउथ अफ्रिकामा तेस्रो देशीय निर्यातको थालनी पनि गरिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस ५५ प्रतिशत एलुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित कोटिङ समावेश भएको जस्तापाता हो । रिइन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्मका स्टिल उत्पादनमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर लागिरहेको कम्पनीले नेपालको स्टिललाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने परिकल्पना समेत जारी राखेको जनाएको छ । आफ्ना उत्पादनको उत्कृष्ट गुणस्तरमार्फत उपभोक्ताहरुलाई सन्तुष्टि प्रदान गर्नु प्रमुख प्रतिबद्धता र प्राथमिकता रहेको कम्पनीले जनाएको छ ।
‘हाम्रा प्रत्येक उत्पादनको गुणस्तर सुनिश्चित गर्न उच्च प्रविधि, उत्कृष्ट इन–क्लास निर्माण प्लान्टहरूमा निर्मित हुन्छन् ।
‘ग्राहकहरूको माया र समर्थनले हामीलाई तेस्रो देशमा निर्यात सुरु गर्ने नेपालको पहिलो कम्पनीको रूपमा स्थापित गरेको छ र हामी त्यसलाई निरन्तरता दिनेछौँ’, जगदम्बा स्टिल्सका प्रवक्ताले भने, ‘हाम्रो कम्पनी उत्पादनहरुको उत्कृष्ट गुणस्तरमा प्रतिबद्ध छ र यो बेन्चमार्कले हामीलाई भविष्यमा पनि हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्न प्रोत्साहन गरेको छ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया