सुरक्षित इन्टरनेट दिवस मनाइँदै
काठमाडौँ । राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ भन्ने नारासँगै यस वर्षको सुरक्षित इन्टरनेट दिवस २०२३ आज मंगलबार विश्वव्यापी रुपमा मनाइँदै छ । यस दिवसले बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, व्यापारिक कम्पनीहरू, सरकार र नीति निर्माताहरूलाई राम्रो इन्टरनेट सिर्जना गर्नका लागि मद्दत गर्ने बताइएको छ ।
बालबालिका तथा युवावर्गका लागि सुरक्षित इन्टरनेटको लागि कार्यरत संस्था चाइल्डसेफनेटद्वारा सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवद्र्धन गर्दै आएको छ । यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरु, विद्यालयहरु, अभिभावकहरु, सामाजिक संस्थाहरुका साथै बालबालिका तथा युवाहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी प्रदान गर्नेछ ।
चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले यो दिवसले प्रविधिको सकारात्मक प्रयोगलाई बढाउन र बालबालिका र युवाका लागि राम्रो र सुरक्षित अनलाइन वातावरण बनाउन मद्दत गर्ने बताए । उनका अनुसार बालबालिका र युवाले प्रविधिको अधिकतम प्रयोग गर्ने भएकाले इन्टरनेटको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुव्र्यवहार र शोषण, साइबरबुलिङ, साइबर ग्रुमिङ, फिसिङ र सेक्सटोर्सनजस्ता गम्भीर जोखिममा पार्दछ ।
आमाबुबाको मार्गदर्शन र शिक्षाले बालबालिकालाई प्रविधिलाई जिम्मेवारीपूर्वक, सम्मानपूर्वक र रचनात्मक रूपमा प्रयोग गर्न सघाउँछ । त्यसैले अभिभावक, सरकार, विद्यालय, निजी क्षेत्र, सञ्चारमाध्यम, गैरसरकारी संघ÷संस्था र सबै जिम्मेवार निकायहरुले बालबालिकालाई अनलाइन पनि सुरक्षित राख्न समयमै उपयुक्त कदम चाल्नु आवश्यक रहेको उनको भनाइ छ ।
कोभिड–१९ विश्व महामारीपछि विश्वव्यापी रूपमा अनलाइन बाल यौन दुव्र्यवहार र शोषणका घटनामा ठूलो वृद्धि भएको छ । अमेरिकाको नेशनल सेन्टर फर एक्सप्ल्वाइटेड एण्ड मिसिङ चिल्ड्रेन सेन्टरले सन् २०१९ मा ६३ हजार दुई सय ६६ वटा नेपाली बालबालिकाका यौन दुव्र्यवहारका चित्रहरुको साइबरटिप्लाइन रिपोर्ट प्राप्त गरेका थिए ।
सन् २०२१ मा चार सय १५ प्रतिशतले वृद्धि भएर नेपाली बालबालिकाका साइबरटिप्लाइन रिपोर्टको सङ्ख्या दुई लाख ६३ हजार एक सय ३० पुगेको छ । यसबाहेक, चाइल्डसेफनेट र युनिसेफको अध्ययनअनुसार नेपालमा पोर्नोग्राफिक साइटहरूमा सरकारले लगाएको प्रतिबन्धपछि पनि दुई जनामा एक जना किशोर वा नवयुवक र तीन जनामा एक जना किशोरी वा नवयुवतीले अनलाइनमा यौनजन्य सामग्री हेर्ने गरेको पाइएको छ ।
यस वर्ष सुरक्षित इन्टरनेट दिवस माघ २४ मा मनाइए पनि अनलाइन सुरक्षा सचेतना कार्यक्रमहरु वर्षैभरि सञ्चालन गरिने बताइएको छ । चाइल्डसेफनेट र सहकर्मी संस्थाहरुले देशका विभिन्न भागहरूमा अनलाइन सुरक्षा सचेतना कार्यक्रमहरु सञ्चालन गर्नेछन् । नेपालमा सुरक्षित इन्टरनेट दिवसको अवसरमा संयुक्त राष्ट्रसंघीय निकाय, आईएनजीओ, गैरसरकारी संस्था, सामुदायिक संस्था, निजी क्षेत्र र सञ्चारगृह लगायतका पैँतीसभन्दा बढी संस्थाले ऐक्यबद्धता व्यक्त गरेका छन् ।
यसबाहेक, चाइल्डसेफनेट र सहकर्मी संस्थाहरू बाल विकास समाज, वल्र्डभिजन इन्टरनेशनल नेपाल, चाइल्डफन्ड जापान, डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वेल एक्सेस, वेदः क्रिएसन सोसाइटी र लभ ग्रीन नेपाल लगायतले बालबालिका र युवाको लागि अनलाइन सुरक्षाबारे सचेतनामूलक सञ्चालन गर्नुको साथै युवाहरुको अन्तर्क्रिया , निबन्ध प्रतियोगिता, भिडियो प्रदर्शन र हाजिरी जवाफ प्रतियोगिताहरु सञ्चालन गर्नेछन् ।
त्यसैगरी सिविन नेपाल, अम्ब्रेला अर्गनाइजेसन र भ्वाइस अफ चिल्ड्रेनलगायतका बालबालिकाका मुद्दामा काम गर्ने संस्थाहरुले अनलाइन सुरक्षाबारे सचेतना कार्यक्रम सञ्चालन गर्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया