‘विज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न सरकार तयार’
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न सरकार तयार रहेको बताएका छन् । राष्ट्रिय विज्ञापन संघ (नान)को प्रारम्भिक साधारणसभा तथा अधिवेशनको शुक्रबार उद्घाटन गर्दे उनले विज्ञापन क्षेत्रलाई अन्य उद्योगजस्तै विस्तार गर्दै लैजाने प्रस्तावमा आफू सधैँ सकारात्मक रहेको बताए ।
वर्तमान सरकार मुलुकको अर्थ मजबुद बनाउने दिशातिर उन्मुख भएको भन्दै मन्त्री रिजालले विज्ञापन क्षेत्रमा काम गर्ने एजेन्सीहरुलाई सरकारसँग सहकार्य गरी अगाडि बढ्न आह्वान समेत गरे । कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले खस्किँदो विज्ञापन क्षेत्रलाई बढाउन विज्ञापन बोर्ड सधैँ सजग रहेको बताए ।
बोर्डले विज्ञापनसम्बन्धी ऐन, नीति तथा योजनालाई थप व्यवस्थित गर्ने योजना अन्तिम चरणमा पु-याएको र त्यो छिट्टै कार्यान्वयनमा आउने उनले जानकारी दिए । सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले खस्किँदो विज्ञापन बजारको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारले पनि यो क्षेत्रलाई बढाउने किसिमका कार्यक्रम ल्याई सञ्चारमाध्यमलाई बाँच्ने आधार तयार गरिदिन सरकारसँग आग्रह गरे ।
राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारणसभाबाट धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति समेत निर्वाचित भएको छ । साधारणसभाले प्रथम उपाध्यक्षमा प्रदिप कोइराला, द्वितीय उपाध्यक्षमा अमृतकुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुलीलाई निर्विरोध निर्वाचित गरेको हो । यसैगरी संघको सदस्यहरुमा बसन्त योगी, रवि अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य, गुञ्जमणि भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी, नवराज निरौला, सुनिल आहुजी र सविन पोख्रेल छन् ।
निर्वाचित भएलगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले विज्ञापन क्षेत्रलाई समयसापेक्ष बनाउन विधान संशोधन गर्ने लगायतका तीनबुँदे निर्णयहरु पारित गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया