सामसङ इनोभेसन कोडिङ र प्रोग्रामिङ कोर्स सम्पन्न
काठमाडौं । सामसङको फ्ल्यागसिप सीएसआर प्रोग्राम सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङअन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो ब्याचका विद्यार्थीहरूको कोडिङ र प्रोग्रामिङको कोर्स समाप्त भएको छ । प्रोग्रामअन्तर्गत अर्को ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टिलिजेन्स कोर्स सुरु गर्नेछन् ।
शिक्षा राज्यमन्त्री प्रमिला कुमारी, सामसङको दक्षिण–पश्चिम एसिया, नेपाल कार्यालयका प्रमुख सुंग जुन पार्क र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डिन डा. शशिधर राम जोशीको उपस्थितिमा विद्यार्थीहरूलाई कोर्स पूरा गरेको प्रमाणपत्र प्रदान गरिएको थियो । सामसङ दक्षिण–पश्चिम एसिया नेपाल कार्यालयका प्रमुख पार्कले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटसँग भविष्यका प्राविधिक आर्टिफिसियल इन्टिलिजेन्स, इन्टरनेट अफ थिंग्स र बिग डाटा डोमेनहरूमा विद्यार्थीहरूलाई उन्नत बनाउनको लागि दीर्घकालीन साझेदारीको अपेक्षा राखेको बताए ।
सामसङले सन् २०२२ को डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको थियो । यस कार्यक्रमअन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टिलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा, कोडिङ र प्रोग्रामिङजस्ता प्राविधिक सीपहरूमा तालिम दिने योजना गरेको थियो ।
त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डिन डा. शशिधर राम जोशीले यो कोडिङ र प्रोग्रामिङ कोर्स विद्यार्थीहरूको विकास र उत्थानको लागि महत्वपूर्ण हुने बताए । यस कोर्सले विद्यार्थीहरूको रोजगारी र उनीहरूको ज्ञानलाई प्रयोगमा ल्याउने क्षमता बढाउनको लागि उनीहरूलाई सफ्ट स्किल तालिम प्रदान गरेको छ । सामसङ आफ्नो सीएसआरमार्फत समुदायहरूलाई सकारात्मक रूपान्तरण गर्न र मानिसहरूको लागि राम्रो जीवन सिर्जना गर्न नवप्रवर्तन प्रयोग गर्नमा जोड दिँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया