Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारटेकुमा सिटिजन्स बैंकको नयाँ शाखा

टेकुमा सिटिजन्स बैंकको नयाँ शाखा


काठमाडौं । विगत डेढ दशकदेखि बैंकिङ सेवा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा आफ्नो एक सय ८९ औँ शाखा काठमाडांैको टेकुमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडांै उपत्यकाभित्र यस बैंकको ३७ वटा शाखाहरू र वाग्मती प्रदेशमा ५१ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।

टेकुमा मंगलकार आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी बैंकले काम गर्ने मनसाय व्यक्त गरे । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो । सुविधासम्पन्न यस शाखामार्फत लकर सेवा, एटीएम सेवालगायत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८९ वटा शाखा, एक सय ४९ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १६ लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया