Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेस्ट बैंकको चेतनामूलक भिडियो

एभरेस्ट बैंकको चेतनामूलक भिडियो


काठमाडौं । एभरेस्ट बैंकले वित्तीय साक्षरताअन्तर्गत पाँचवटा चेतनामूलक भिडियो सार्वजनिक गरेको छ । आम जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरूको पाँच शृङ्खला रहेको र क्रमबद्धरूपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए ।

उक्त भिडियोहरूमा मोबाइल बैंकिङको प्रयोग, धारा–बत्ती तथा स्कुलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजस्व भुक्तानी तरिका र क्युआर कोडको प्रयोगसम्बन्धी विधि रहेको र उक्त भिडियोहरूबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूमा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ । साथै, बैंकले नेसनल बैंकिङ इन्स्टिच्युटसँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया