Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफ इन्स्योरेन्स र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता

नेसनल लाइफ इन्स्योरेन्स र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता


काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधीन दुई सय बेड क्षमताको गैरनाफामूलक बाल अस्पताल निर्माण परियोजनाका लागि कम्पनीले तीन वर्षसम्म प्रतिवर्ष २५ लाख रुपैयाँका दरले वित्तीय सहयोग उपलब्ध गराउन सहमति भएको हो ।

एक समारोहकाबीच कम्पनीका कार्यकारी प्रमुख सुरेशप्रसाद खत्री र इन्स्टिच्युटको तर्फबाट संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ता रकम २५ लाखको चेक पनि सो संस्थालाई हस्तान्तरण गरे ।

समारोहमा प्राडा भगवान कोइरालाले नेपालका सबै बालबालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पु¥याउने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको र क्रमिकरूपमा देशको अन्य स्थानहरूमा समेत बाल स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको बताए ।

यसैगरी कम्पनीको तर्फबाट कार्यकारी प्रमुख सुरेशप्रसाद खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशील भई विगतदेखि नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवम् वातावरण संरक्षणजस्ता क्षेत्रहरूमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको संस्मरण गर्दै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबाट निर्माणधीन बाल अस्पतालको परियोजनामा योगदान पु¥याउन पाएकोमा खुसी व्यक्त गर्दै अस्पताल सञ्चालनपछि नेपालका बाल बालिकाहरूले सहजरूपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया