Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच सम्झौता

प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच सम्झौता


काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबीच एमओयु सम्झौता सम्पन्न भएको छ । नोभेम्बर २८ मा एन्ट फाउन्डेसनको ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज’ नामक क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रममा आफ्नो ऐक्यबद्धता जनाउँदै सो फाउन्डेसनलाई सामाजिक उत्तरदायित्व कोषमार्फत आर्थिक सहयोग गरी सो क्याम्पेनबीचमा एकआपसमा सहकार्यको सम्झौता गरेका हुन् । प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसका फाउन्डर प्रशान्त ताम्राकारले सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरे ।

सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गतको प्रोडक्टहरूमध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा आबद्ध हुने महिला दिदीबहिनीहरूबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्कबाट ५० प्रतिशत सेवा शुल्क बराबरको रकमका साथै सो योजनाबाट प्राप्त हुने मुनाफाबाट २० प्रतिशत बराबरको रकम पmाउन्डेसनलाई महिला सशक्तीकरण तथा महिलामा हुने स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक कार्यक्रमका लागि सामाजिक सुरक्षा दायित्वअन्तर्गत प्रभु क्यापिटलले सहयोग गर्ने जनाएको छ । महिलाहरूलाई केन्द्रित गरी सञ्चालित यो लगानी व्यवस्थापन सेवामा महिला ग्राहकहरूले न्यूनतम तीन लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्ने छन् ।

‘महिलाहरूलाई आर्थिकरूपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई प्रभु क्यापिटलले सञ्चालनमा ल्याएको यो ‘प्रभु ऐश्वर्या योजना’ तथा एन्ट फाउन्डेसन दुवैले महिलाहरूको आर्थिक तथा वित्तीय स्वतन्त्रतामा समेत केन्द्रित रही कार्यक्रम गर्ने हुँदा दुवै संस्थाको उद्देश्यमा एकरूपता देखिएकाले यो सम्झौता गरेका हौँ’, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले भने ।

प्रभु क्यापिटलले मर्चेन्टसम्बन्धी सेवाका साथैसाथै आफ्ना सेवा तथा प्रोडक्टहरूसँगै गाँसेर सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आइरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पुँजीबजारसँग सम्बन्धित सचेतना कार्यक्रम तथा तालिम पनि प्रदान गर्छ प्रभु क्यापिटलले प्रदान गर्ने सेवाहरूमध्ये पीएमएस लगानी व्यवस्थापन सेवा, लगानी विविधीकरणको राम्रो विकल्प मानिन्छ । क्यापिटलको लगानी व्यवस्थापन सेवामा आबद्ध हुने ग्राहक तथा संस्थाहरूलाई विज्ञ परिचालन गरी ग्राहकको इन्भेस्टमेन्ट फन्ड वा सञ्चालनमै रहेको पोर्टफोलियोलाई प्रभावकारीरूपमा पुँजीबजार तथा धितोपत्रको उपकरणमा लगानी गरी अधिकतम मुनाफा प्रदान गर्ने लक्ष्यका साथ सेवा दिने गर्छ ।

एन्ट फाउन्डेसन एक स्वेच्छिक गैरनाफामुखी संस्था हो, जसले स्वास्थ्य, शिक्षा, वातावरण तथा क्यान्सर सचेतना अभियानमा सहयोग गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरी कोष सड्ढलन गर्छ तथा सो कोषलाई पmाउन्डेसनको उद्देश्य पूर्तिका लागि उपयोग गर्छ । यसले क्यान्सर सचेतना अभियानमा नेपाल क्यान्सर रिलिफ सोसाइटी, नेपाल स्तन क्यान्सर फाउन्डेसन, क्यान्सर केयर नेपाल तथा नेपाल क्यान्सर सरभाइभर सोसाइटीसँग हातेमालो गरी हेल्थ क्याम्प तथा क्यान्सरसम्बन्धी विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्ने गर्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया