Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

ज्योति विकास बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग


काठमाडौं । ज्योति विकास बैंकको पोखरा शाखाले एक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । पोखरा महानगरपालिका वडा नं. २८ स्थित रत्नशोभा माध्यमिक विद्यालयलाई तीन थान कम्प्युटर प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका क्षेत्रीय प्रबन्धक विशाल लामिछानेका अनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘हाम्रो विकास कोष प्रवर्द्धन कोष’ मार्फत्विद्यालयलाई कम्प्युटर प्रदान गरिएको हो । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना र प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीलाई कम्प्युटर हस्तान्तरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा सूचना प्रविधिसम्बन्धी सीपको विकासका साथै प्रयोगात्मक सीपमार्फत् गुणस्तरीय शिक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले कम्प्युटर प्रदान गरिएको बैंकका क्षेत्रीय प्रबन्धक लामिछानेले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिमिल्सिनाले विद्यालयमा कम्प्युटरलाई अधिकतम प्रयोग गर्दै आधुनिक प्रविधिमार्फत् अध्यापन गराउने प्रतिवद्धता जनाए । कार्यक्रममा बैंकका पोखरा न्यूरोड शाखाका प्रबन्धक सुवास तिवारी, क्षेत्रीय कर्मचारी लोकनारायण मानन्धर र कृष्णप्रसाद तिवारी लगायत सहभागी थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया