Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया लघुवित्तको लाभांश पारित

एनआईसी एसिया लघुवित्तको लाभांश पारित


काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । धरान उपमहानगरपालिका वडा नं २ स्थित गोर्खा होटेमा शुक्रबार सम्पन्न साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेको छ । साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशतका दरले २६ करोड नौ लाख १६ हजार रुपैयाँ नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको होे ।

सभाले विभिन्न एजेन्डासहित संस्थाको आव २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत) पारित
गरेको छ ।

यसका साथै उक्त सभामा प्रचलित कानुन तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एनआईसी एसिया बैंक लिमिटेडको तर्पmबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाल निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित भएका छन् ।साथै नवनियुक्त सञ्चालक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष सपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् ।

बैंकिङ क्षेत्रमा लामो समयदेखि कार्यानुभव रहेका ढकाल एनआईसी एसिया बैंक लिमिटेडमा प्रमुख जोखिम अधिकृतमा कार्यरत छन् । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थामाझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रूपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया