Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंंकका पूर्वअध्यक्ष गौतम सम्मानित

सिटिजन्स बैंंकका पूर्वअध्यक्ष गौतम सम्मानित


काठमाडौं । नेपाल बैंकर्स संघको ३७ औँ वार्षिक साधारणसभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका छन् । शनिबार चितवनमा आयोजित संघको ३७ औँ साधारणसभामा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले गौतमलाई सम्मान गरेका हुन् । सिटिजन्स बैंकको अध्यक्षलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको विभिन्न ओहोदामा बसेर आर्थिक सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो ।

गौतम संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्तर्राष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्षलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूको विभिन्न ओहोदामा आबद्ध भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कूटनीतिक तथा बैंकिङ क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत पाँच दशकभन्दा बढी अनवरतरूपमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।

गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षको रूपमा मिति २०६७ वैशाख १७ देखि मिति २०६८ असोज २८ सम्म रहेका थिए । नेपाल बैंकर्स संघजस्तो गरिमामय संस्थाबाट बैंकका पूर्वअध्यक्ष सम्मानित भएकोमा सिटिजन्स बैंकले गर्व महसुस गरेको जनाएको छ । साथै, गौतमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । यस अघि नै सोही संस्थाको ३५ औ वार्षिक साधारणसभाबाट सन् २०२१ मा यस बैंकका पूर्वअध्यक्ष डा. शंकर शर्मा जो हाल नेपालको तर्फबाट भारतका लागि राजदूत रहेका छन् उनी समेत सम्मानित भइसकेका छन् । डा शर्मा तथा गौतमजस्ता सम्मानित व्यक्तित्वबाट नेतृत्वप्राप्त गरिसकेको बैंकले १६ वर्ष पूरा गरी १७ औँ वर्षमा सर्वसाधारणलाई सर्वसुलभ बैंकिङ सेवा पुर्याउँदै आइरहेको बैंकले जनाएको छ ।

बैंकले देशैभर फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५१ वटा एटीएम तीनवटा विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १६ लाख ८६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया