Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी सस्टेनेबल इनर्जी फन्डले युनिटेक हाइड्रोमा लगानी गर्ने

लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले युनिटेक हाइड्रोमा लगानी गर्ने


काठमाडौं । लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड (एलएसईएफ)ले युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चाल्नका साथै आफूले सञ्चालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको शुभारम्भ समेत गरेको छ ।

विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्नको लागि इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये लक्ष्मी क्यापिटल एक हो । एलएसईएफ लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो । एलएसईएफ कोषको आकार एक अर्ब रुपैयाँको रहेको छ । लक्ष्मी क्यापिटल प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कोष सञ्चालन गर्न स्वीकृति प्राप्त गरी लगानी सुरू गर्ने पहिलो केही मन्र्चेट बैंकमध्ये एक हो । यो कोषले जलविद्युत्, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।

युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो फेवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण अन्तिम चरणमा पुगिसकेको छ । ताप्लेजुङ जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ५.८ मेगावाट छ । साथै, कम्पनीसँग थप १५ मेगावाट (मध्य इङ्वा खोला जलविद्युत् आयोजना) को अर्को जलविद्युत् आयोजनाको इजाजतपत्र समेत रहेको छ ।

जिम्मेवार लगानीको प्रतिबद्धताको थप प्रमाणको रूपमा, लक्ष्मी क्यापिटलको एक सिग्नेचरी समेत हो । जसले प्रभावकारी लगानी बजारमा अनुशासन, पारदर्शिता र विश्वसनियता प्रवर्द्धन गर्ने विश्वव्यापी समुदायमा योगदान पुर्याउँछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया