Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डायग्नोस्टिकमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डायग्नोस्टिकमा छुट


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुम्बाराहीमा अवस्थित एपोलो डायग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ । सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यसअन्तर्गत स्वास्थ्य प्याकेजमा २५ प्रतिशत, रुटिन टेस्टमा २५ प्रतिशत, कोभिड टेस्ट एक हजार रुपैयाँमा र कोभिड र्यापिड एजेन्ट टेस्टक सात सय ५० रुपैयाँमा गर्न सकिने छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया