Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ इन्स्योरेन्सको १८औं वार्षिक साधारणसभा

सिद्धार्थ इन्स्योरेन्सको १८औं वार्षिक साधारणसभा


काठमाडौँ, असार १५
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले शनिबार आफ्नो १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका हुुन । सो आव २०७५/७६ मा कम्पनीले विभिन्न वीमा व्यवसायअन्तर्गत एक अर्ब ८६ करोड २१ लाख ६१ हजार बीमा शुल्क आर्जन गरेकोे जानकारी गराए । सभाले आगामी चार वर्षको लागि सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सुमितकुमार केडियालाई सञ्चालक पदमा र्निविरोध निर्वाचित गरेको छ ।

हाल चुक्ता पुँजी एक अर्ब रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १६ करोड तीन लाख ३६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १८ करोड १० लाख १८ हजार रूपैयाँ रहेको थियो । कम्पनीको पछिल्लो पटक प्रतिकित्ता चार सय ३४ रूपैयाँ अन्तिम मूल्यमा सेयर कारोवार भएको छ । बजार पुँजीकरण चार अर्ब ३४ करोड चार सय ३४ रूपैयाँ पुुगेको कम्पनीको नेपाल स्टक एक्सचेन्ज कम्पनी लिमिटेड (नेप्से)मा एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब रूपैयाँबराबरको एक करोड कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया