Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसामुुदायिक लघुुवित्तले कमायो एक करोड ३२ लाख

सामुुदायिक लघुुवित्तले कमायो एक करोड ३२ लाख


काठमाडौं, भदौ १५
सामुुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक करोड ३२ लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ३० लाख ६० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा m४३ करोड ११ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १० करोड ८६ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ४० लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड तीन लाख ५० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ५८ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा संस्थाले ३५ करोड १६ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी ८९ करोड ३१ लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिम सात करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४२ लाख १८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट