Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकको श्रीनगर शाखा कार्यालय सञ्चालन

प्रभु बैंकको श्रीनगर शाखा कार्यालय सञ्चालन


काठमाडौं ।
प्रभु बैंक लिमिटेडले श्रीनगरमा पनि शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा आफ्नो २०९औं शाखा खोली सञ्चालनमा ल्याएको हो । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले गरेका हुन ।

सो अवसरमा प्रमुख अतिथि अधिकारीले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना समेत दिए ।

बैंकको श्रीनगरमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ/संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास गरिएको छ । यसका साथै स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा श्रीनगर शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट