Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकद्वारा १५ दशमलव ५१ प्रतिशत लाभांश घोषणा

मुक्तिनाथ विकास बैंकद्वारा १५ दशमलव ५१ प्रतिशत लाभांश घोषणा


काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले १५ दशमलव ५१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी चार अर्ब ३२ करोड ३९ लाख ८९ हजार चार सय ८६ रुपैयाँमध्येबाट ११ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी चार दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणका सम्बन्धमा बैंकको यही मंसिर २१ गते बसेको सञ्चालक समितिको दुुई सय ३८औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया