Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक, कर्मचारी संघ नेपालको सम्मान तथा बिदाइ कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी संघ नेपालको सम्मान तथा बिदाइ कार्यक्रम


काठमाडौं, पुस २१
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । बैैंकले स्थापना, विकास, विस्तार तथा गरिमा वृद्धिमा उच्च योगदान गर्ने बैंकको सेवाबाट निवृत्त भएका कर्मचारी संघका ६७ जना पूर्वपदाधिकारीहरूलाई कर्मचारी संघले एक समारोहका बीच दोसल्ला तथा सम्मानपत्रसहित सम्मान तथा बिदाइ गरेको हो ।

पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुवेदीले गरेका थिए । सो कार्यक्रममा विभिन्न विषयका विद्वानहरूको लेख समेटिएको संघको मुखपत्र लक्ष्य यात्रा २०७६ को विमोचन समेत गरिएको थियो । कार्यक्रममा पेशागत हक, हित तथा सस्थाको सम्वद्र्धनका विषयमा व्यापकरूपमा विषयहरू उठान गरिएको थियो ।

सो कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष नारायणप्रसाद सुवेदी, पूर्वअध्यक्षहरू वेदबहादुर लावती, शिवकुमार अधिकारी, महेशराज खरेल, पूर्वउपाध्यक्ष रोहित रेग्मी, पूर्वसचिव सुमित्रा बिसीले मन्तव्य व्यक्त गरेका थिए । वरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशीले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा महासचिव लक्ष्मीप्रसाद पाण्डेयले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया