Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउन्नति सहकार्य लघुवित्तले १७ प्रतिशत बोनस सेयर दिने

उन्नति सहकार्य लघुवित्तले १७ प्रतिशत बोनस सेयर दिने


काठमाडौं  ।
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले १७ दशमलव ८१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले सञ्चित मुनाफा एवं वितरणयोग्य जगेडा कोषबाट २०७७ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजी १४ करोड ९५ लाख ३६ हजार छ सय ५० रुपैयाँमध्येबाट १७ दशमलव ८१ प्रतिशतको अनुपातले हुनआउने दुुई करोड ६६ लाख ३३ हजार ५६ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही फागुुन २३ गते बसेको एक सय ६०औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड ७२ लाख ४० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड आठ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १४ करोड ९५ लाख ३६ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ८९ करोड १८ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६८ करोड ७२ लाख ६२ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको छ । सो अवधिमा १० करोड २८ लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

गत आवको सोही अवधिमा भने संस्थाले ६४ करोड ४३ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७१ करोड ८३ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ५८ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया