Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बंगलादेश बैंक र नेपाल सुनचाँदी व्यवसायी महासंघबीच सम्झौता

नेपाल बंगलादेश बैंक र नेपाल सुनचाँदी व्यवसायी महासंघबीच सम्झौता


काठमाडौं ।
नेपाल बंगलादेश बैंक लिमिटेड र सुनचाँदी व्यवसायीहरूको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघबीच बैंकिङ साझेदारी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह, महासंघको तर्फबाट महासंघका अध्यक्ष माणिकरत्न शाक्यले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार महासंघसँग आबद्व सुनचाँदी व्यवसायीहरूले नेपाल बंगलादेश बैंकको नेपालभरिका शाखाहरूबाट विभिन्न बैंकिङ सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

साथै नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने नीतिलाई सफल बनाउने उद्देश्यले सुनचाँदी पसलहरूमा खरिदकर्ताहरूले नेपाल बंगलादेश बैंकको क्युआर कोडमार्फत भुक्तानी गर्न सक्नेछन् । साथै नेपाल अधिराज्यभरिका महासंघसँग आबद्व महिला तथा दलित समुदायद्वारा सञ्चालित सुनचाँदी व्यवसायीहरूले नेपाल बङलादेश बैंक लिमिटेडबाट सहुलियतपूर्ण महिला उद्यमशील कर्जा’ तथा ‘दलित समुदाय व्यवसाय विकास कर्जा’ पनि प्राप्त गर्न सक्नेछन् । हाल नेपाल बंगलादेश बैंकले ९९ शाखा, सात वटा एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट