Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकद्वारा ट्राफिक लाइट हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा ट्राफिक लाइट हस्तान्तरण


काठमाडौँ ।
राष्ट्रिय वाणिज्य बैंकले ट्राफिक लाइट हस्तान्तरण गरेको छ । बैंकले नागस्थानमा नयाँ ट्राफिक लाइट जडान गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो । नयाँ जडान गरिएको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरेका हुुन् ।

ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरी आवागमनमा सहजता ल्याउन चोक चोकमा ट्राफिक लाइट जडान गर्ने कार्यलाई तीव्रता दिइँदै आएका छौँ । प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरूको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र दुर्घटना न्यूनीकरण समेत हुने एसएसपी भट्टराईले बताए ।

हामी ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लग्न प्रयासरत छौँ, यसको लागि सरकारी निकायका साथै बैंक वित्तीय संघसंस्थाहरूसँग समन्वय एवं सहकार्यलाई निरन्तरता दिँदै विभिन्न चोकहरूमा एकपछि अर्को ट्राफिक लाईट जडान भैरहेका छन्, त्यसैको परिणाम स्वरूप राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा आजदेखि नागस्थानमा लाइट जडान सञ्चालनमा ल्याउन सफल भएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोगी कार्यहरू भैरहेका छन् । महाशाखाको समन्वयमा लामो समयसम्म प्रत्यक्ष लाभ हुने र दैनिक सडक व्यवस्थापनमा हुने समस्यालाई ट्राफिक लाइटले सहयोगी भूमिका खेल्ने बताए । श्रेष्ठले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने र सहकार्यको लागी हामी सदैव तत्पर रहेको समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै कामनपा वडा नं २२ का अध्यक्ष चिनकाजी महर्जनलेपछिल्ला दिनहरूमा महाशाखाले विभिन्न निकायहरूसँग सहकार्य गरिचोक चोकमा ट्राफिक लाइट जडान गरी प्रविधिको प्रयोगलाई महत्व दिई विभिन्न समस्याहरूका बाबजुद सडक प्रयोगकर्ताको सेवा सुविधामा अहोरात्र खटिँदै आएकोमा विशेष धन्यवाद् समेत दिए । अध्यक्ष महर्जनले ट्राफिक प्रहरीका पछिल्ला गतिविधि एवं कार्यले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा खेलेको महत्वपूर्ण भूमिकाको समेत प्रशंसा गरे ।

उद्घाटन कार्यक्रममा महाशाखा प्रमुख, बैंकका पदाधिकारी, वडा अध्यक्ष र अन्य प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । आजदेखि सञ्चालनमा आएको ट्राफिक लाइट समेत गरी उपत्यकाको मुख्य मुख्य ३२ वटा चोकहरूमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन हुनेछ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउँदै दुर्घटना न्यूनीकरणको लागि आगामी दिनहरूमा अन्य चोकहरूमा ट्राफिक लाइट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट