Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक २६ सय ७४ दशमलव ३५ बिन्दुमा

बजार परिसूचक २६ सय ७४ दशमलव ३५ बिन्दुमा

सातामा ३७ अर्ब ६० करोड रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २६ सय ७४ दशमलव ३५ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७६ दशमलव ५१ अंकमा पुगेर रोकिएको छ ।

यस साता धितोपत्र बजारमा दुई सय १५ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ९३ हजार ४३ पटकको कारोबारमा आठ करोड एक लाख पाँच हजार तीन सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ३७ अर्ब ६० करोड ५० लाख तीन हजार सात सय दुई रुपैयाँ पुगेको छ ।

यो कारोबार रकम गत साताको तुुलनामा निकै बढी हो गत साता भने धितोपत्र बजारमा दुई सय १८ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार दुई लाख ७४ हजार पाँच सय २० पटकको कारोबारमा चार करोड ७० लाख २१ हजार दुई सय ५३ कत्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २४ अर्ब एक करोड ३९ लाख पाँच हजार नौ सय ७० रुपैयाँ पुगेको थियो ।

यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये चौथो दिन बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिनहरूमा बजार परिसूचक उकालो लागेको थियो । पहिलो दिन बजार परिसूचक २५ दशमलव ७१ अंकले उकालो लागेर २६ सय ५७ दशमलव ६१ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३३ बिन्दुले उकालो लागेर चार सय ७० दशमलव ७५ बिन्दुमा चढेको थियो ।

दोस्रो दिन बजार परिसूचक एक दशमलव १३ अंकले उकालो लागेर २६ सय ५८ दशमलव ७४ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव नौ बिन्दुले उकालो लागेर चार सय ७१ दशमलव ८४ बिन्दुुमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसूचक १५ दशमलव ७२ अंकले उकालो लागेर दुई हजार छ सय ७४ दशमलव ४६ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३४ अंकले उकालो लागेर चार सय ७६ दशमलव १८ बन्दुमा चढेको थियो ।

चौथो दिन भने बजार परिसूचक दुई दशमलव ८५ अंकले ओरालो लागेर दुई हजार छ सय ७१ दशमलव ६१ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ६२ अंकले उकालो लागेर चार सय ७६ दशमलव ८० बिन्दुमा चढेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक दुई दशमलव ७४ अंकले उकालो लागेर दुई हजार छ सय ७४ दशमलव ३५ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव २८ अंकले ओरालो लागेर चार सय ७६ दशमलव ५१ बिन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल बंगलादेश बैंक आदिको बढी रकम कारोबार भएको छ । सेयर कारोबार भएको संख्याको आधारमा भने यस साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक र नेशनल हाइड्रोपावर कम्पनी अगाडि परेका छन् । बजार पुँजीकरणका आधारमा आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंकलगायतका कम्पनीहरू परेका छन् ।

सातवटा कम्पनीहरूको सेयर सूचीकृत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार यस साता सातवटा कम्पनीहरूको बोनस, हकप्रद तथा, साधारण सेयर नियमित कारोबारका लागि नेप्सेमा सूचीकृत भएका छन् । जसअनुसार बरुण हाइड्रोपावर कम्पनीको पाँच प्रतिशतको अनुपातमा एक लाख २७ हजार पाँच सय ७५ कित्ता, श्री इन्भेष्टेमन्ट एण्ड फाइनान्स कम्पनीको सात दशमलव ३७ प्रतिशतको अनुपातमा छ लाख १० हजार नौ सय ९८ दशमलव ७९ कित्ता, न्यादी ग्रुप पावर लिमिटेडको १० प्रतिशतको अनुपातमा पाँच लाख ३५ हजार पाँच सय ३४ दशमलव ८० कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

यसैगरी ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको दुई करोड २० लाख कित्ता साधारण सेयर, सिद्धार्थ बैंकको १२ प्रतिशतको अनुपातमा एक करोड १७ लाख ४५ हजार तीन सय २० दशमलव ५७ कित्ता बोनस सेयर, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको आठ प्रतिशतको अनुपातमा छ लाख ४० हजार कित्ता बोनस सेयर, नेपाल बैंकको पनि एक करोड ३५ लाख ३९ हजार तीन सय ८४ दशमलव २४ कित्ता बोनस सेयर र तीन लाख ४४ हजार सात सय ६४ कित्ता हकप्रद सेयर पनि नियमित कारोबारका लागि यसै साता सूचीकृत भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट