Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसियाका प्रमुख कार्यकारी न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’

एनआईसी एसियाका प्रमुख कार्यकारी न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’


काठमाडौं ।
एनआईसी एसिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरिएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०५/३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस)का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा यही चैत २७ गते राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच प्रमुख कार्यकारी न्यौपानेलाई विभूषण प्रदान गरिएको हो ।

बैंकका अनुसार सोही विशेष समारोहका बीच राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरेकी हुन् । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धकलाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाइ ज्ञापन गर्दै बैंकको तर्फबाट राष्ट्रपति तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता जाहेर गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट