Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारब्रोकर एसोसिएसनद्वारा सेयर कारोबारको भुक्तानी रकम चेकमार्फत् लिन अनुरोध

ब्रोकर एसोसिएसनद्वारा सेयर कारोबारको भुक्तानी रकम चेकमार्फत् लिन अनुरोध


काठमाडौं ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान)ले सेयर कारोबारको भुक्तानी रकम चेकमार्फत लिनको लागि लगानीकर्ताहरूलाई अनुरोध गरेको छ । टी प्लस टुपश्चात् लगानीकर्ताको विवरण अद्यावधिक नभएका वा प्रणालीसँग सम्बन्धित अन्य कुनै कारणले गर्दा समयमा नै लगानीकर्ताले रकमको भुक्तानी प्रणालीमार्फत प्राप्त गर्न नसकेको अवस्था रहेमा सम्बन्धित ब्रोकर कार्यालयमा गई चेकको माध्यमबाट भुक्तानी लिनुहुन हामी व्यवसायीहरू सम्पूर्ण लगानीकर्ताहरूमा अनुरोध गर्दछौँ, एसोसिएसनले विज्ञप्ति जारी गर्दै भनेको छ ।

कोभिड १९ का कारण केही समय सञ्चालनमा आउन नसकेको दोस्रो बजार २०७७ असार १५ बाट सञ्चालनमा आएपछि यसप्रति लागनीकर्ताको आकर्षणमा अत्याधिक वृद्धि भएको छ । हितग्राही खाता, मेरो सेयर, कारोबार खाता र अनलाइन प्रयोगकर्ताको संख्या २०७७ असार १५ गतेपूर्वको तुलनामा कयौँ गुणाले वृद्धि भएको छ । सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताले गर्दा दोस्रो बजारसँग सम्बन्धित धितोपत्र तथा कारोबार रकमको सम्पूर्ण भुक्तानी विद्युतीय माध्यमाबाटै हुनेगरेको छ । यो वृद्धि र परिवर्तनलाई आत्मसात् गरी आठ महिनाको छोटो समयमै व्यवस्थापन गर्ने कुरा चानचुने कुरा थिएन, एसोसिएसनले भनेको छ ।

धितोपत्र दलाल व्यवसायीहरूले रातारात गरेको क्षमता विस्तार तथा हाम्रा कर्मचारी अहोरात्र खटिएका कारण नै करिब सात लाख सक्रिय लगानीकर्ता र करिब पौने छ लाख अनलाइन प्रयोगकर्ताले आज ढुक्कसँंग कारोबार गर्न पाइराख्नु भएको छ । यसमा सेबोन, नेप्से, अनलाइन कारोबार प्रणाली, सीडीएस एण्ड क्ल्यिरिङ लि. तथा निक्षेप सदस्यहरूको भूमिका निकै नै राम्रो रहेको छ ।

बन्दाबन्दीका कारण क्षमता विस्तार गर्न केही कठिनाइ भएकोले विगतमा लगानीकर्ताको गुनासो केही बढ्न गएकोमा हामी व्यवसायीहरू त्यसको समाधानका लागि दिनरात लागिपरेको हुँदा आजका दिनमा त्यस्ता गुनासाहरू कम हुँदै गएका छन् । विशेषगरी धितोपत्र तथा रकम भुक्तानीमा आजका दिनमा पनि केही गुनासाहरू आउनेगरेका छन् ।

व्यवसायीहरूकोे स्वामित्व तथा नियन्त्रणमा नरहेको प्रणालीहरूकोे प्रयोगमार्फत भुक्तानी गर्नुपर्ने, त्यस्ता प्रणालीहरूमा बारमबार समस्या आइरहने, प्रणाली प्रयोग गर्ने समयमा रहेका पावन्दी र सामान्य समस्या समाधान गर्न पनि अन्य निकायमा लामो समयसम्म भर पर्नुपर्ने हुँदा यस्ता भुक्तानीहरू कहिलेकाहीँ व्यवसायीहरूले चाहँदाचाहँदै पनि समयमै गर्न नसकिने अवस्था विद्यमान रहेको छ । आजका दिनमा पनि व्यवसायीहरूले प्रयोग गर्ने चार प्रणालीहरू एपीआईको अभावमा अन्तर आबद्ध हुन नसक्दा चुस्तरूपमा काम गर्न चाहँदाचाहँदै पनि निकै कठिनाइ व्यहोरेर काम गरिरहनु परेको एसोसिएनसनको भनाइ छ ।

धितोपत्र भुक्तानीसम्बन्धी समस्या समाधान गर्न व्यवसायी र सीडीएस एण्ड क्ल्यिरिङ लि.को संयुक्त पहलमा प्रणालीको विकास गरी परीक्षणको क्रममा रहेको छ । निकट भविष्यमा यो सञ्चालनमा आउने र धितोपत्रको भुक्तानीसँग सम्बन्धित लगानीकर्ताका गुनासाहरू पूर्णरूपमा समाधान गर्न सकिने विश्वास आफूहरूले लिएको पनि एसोसिएनसले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया