जानकी फाइनान्सको वार्षिक साधारणसभा
काठमाडौं, पुस २८
जानकी फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले जनकपुरधाममा २३औं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष रघुनाथप्रसाद साहको सभापतित्वमा सम्पन्न गरेको हो । सभामा वित्तीय संस्थाका सञ्चालकहरू अमरनाथ गुप्ता, अशोककुमार जालान, महावीरकुमार सुल्तानीया, दिपनारायण साह, प्रमुख कार्यकारी अधिकृत रजनिशकुमार सिंह र पूर्वअध्यक्ष बजरगप्रसाद साह, शिवशंकरप्रसाद साहको साथै संस्थापक सेयरधनीहरू र सर्वसाधारण सेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको फाइनान्सले जानकारी दिएको छ । सभामा छलफलका तथा निर्णयको लागि आव २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ असार मसान्तको वासलात तथा आव २०७५/७६ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सार्वजनिक गरिएको छ ।
फाइनान्सले सभामार्फत चुक्ता पुँजीको एक दशमलव १६प्रतिशत नगद लांभाश बोनस सेयर कर प्रयोजनको लागि, आव २०७६/७७ को हरहिसाब लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने, चुक्ता पुँजीको २२ प्रतिशत लांभाशको रूपमा बोनस सेयर दिने, वित्तीय संस्थाको कारोबार ३ जिल्लाबाट विस्तार गरी प्रदेश नं. २ को ८ वटै जिल्ला कायम गर्ने र जानकी फाइनान्स र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरू एक–आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानको लागि चलअचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिनेसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ । सभामा सेयरधनीहरू पंकजकुमार ठाकुर, गणेश झा, सरोजकुमार ठाकुर, दिपेन्द्रकुमार मिश्र, गोपाल मोक्तान, कुलदीप चौधरी, बजरगप्रसाद साह, दिनेशप्रसाद साह र युगल किशोर पञ्जियारलगायतका व्यक्तिहरूले आफ्नो धारणा व्यक्त गरेको फाइनान्सले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया