बेष्ट फाइनान्सद्वारा विद्यालयलाई सहयोग
काठमाडौं, पुस २९
बेष्ट फाइनान्स लिमिटेडले सातवटा सामुदायिक विद्यालयलाई सहयोग गरेको छ । फाइनान्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटी, कमलपोखरी उपशाखाको सहकार्यमा काठमाडौँस्थित विभिन्न सातवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच अन्तरमाध्यामिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत र सम्मान गरेको हो । सो अवसरमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले उत्कृष्ट हुने विद्यार्थीहरूलाई बधाइ दिँदै लेखन कार्यमा विद्यार्थीहरूको सहभागिता प्रशंसनीय रहेको बताए ।
फाइनान्सले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहभागिता जनाउँदै आएको तथा सो कार्य नियमित गर्दै जाने बताइएको छ । काठमाडौँको कमलादीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको फाइनान्स कम्पनीले १४ शाखामार्फत मुलुकका विभिन्न सहरहरूबाट आफ्नो बैकिङ सेवा प्रदान गर्दै आइरहेका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया