नेशनल लाइफबाट एक करोड तीन लाख दाबी भुक्तानी
काठमाडौं, माघ ५
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक पटक ठुलो परिमाणमा दाबी भुक्तानी गरेको छ । कम्पनीले विर्तामोड झापास्थित होटल ग्राण्ड प्यासिफिकमा एक कार्यक्रम आयोजना गरी स्व. इन्द्र प्रसाद दंगालको मृत्यू दावी भुक्तानी गरेको हो । स्व. इन्द्र प्रसाद दंगालले २०७६ असार ३१ गते ५० लाखको दोहोरो दुर्घटना लाभसहितको १६ वर्षे अमृत वर्षा जीवन बीमालेख खरिद गरेकोमा २०७६ साल कार्तिक ४ गते निजको दुर्घटना कारणबाट मृत्यु भएकोले स्व. दंगालको इच्छाइएको व्यक्ति निजको धर्मपत्नी सुष्मिता थपलिया (दंगाल) लाई उक्त कार्यक्रममा बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बीमा दाबीबापत रकम एक करोड तीन लाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा उक्त दाबी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा यथाशीघ्र फछर्योट गरिएको जानकारी बिर्तामोड शाखाका प्रमुख कमल बहादुर बुणथोकीले गराएका हुन् । कार्यक्रममा कम्पनीका एक नम्बर प्रदेश प्रमुख नरेन्द्र राई, धरान शाखा प्रमुख हरिप्रसाद खतिवडा, दमक शाखा प्रमुख सुमन कुमार राई, चीफ बिजनेस म्यानेजरहरु बन्धु कुमार निरौला, दीपा ओली लगायत विजनेश मेनेजर, अभिकर्ताहरु एवम स्व. दंगालका पारिवारिक सदस्यको उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया