Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअब खल्तीबाट पनि ‘मेगा रेमिट’ सेवा

अब खल्तीबाट पनि ‘मेगा रेमिट’ सेवा


काठमाडौं । खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमिट सेवा उपलब्ध हुनेभएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो–पे प्राइभेट लिमिटेबीच रेमिट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार अब सर्वसाधारणहरूले मेगा रेमिटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्नसक्ने भएका छन् ।

यसका साथै बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, यूएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमिटमार्फत पठाएको रकम खल्तीमार्फत प्राप्त गर्न सकिनेछ । नेपालभित्र पनि खल्तीमार्फत रकम पठाउन र प्राप्त गर्नसकिने व्यवस्था मिलाइएकोमा यो व्यवस्थाले मेगा बैंकको रेमिट्यान्स सेवाको दायरालाई अझै फराकिलो बनाउँदै ग्राहकहरूमा थप सहजता प्रदान गर्ने मेगा बैंकले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट