Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंक र हेल्भेटासबीच सम्झौता

सिभिल बैंक र हेल्भेटासबीच सम्झौता


काठमाडौं । सिभिल बैंक लिमिटेडले कोभिड–१९ प्रभावित विपन्न समुदायको लागि मानवीय सहयोग कार्यक्रम सरोकारवालाहरू हेल्भेटास नेपाल, क्षिरेश्वरनाथ नगरपालिका र सामुदायिक विकास तथा पैरवीमञ्च नेपालसँग आज एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

कोभिड–१९ कोपहिलो लहरले स्वास्थ्य तथा आर्थिक रूपमा कठिनाइ भोगिरहेका डोम, चमार र मुसहरजस्ता विपन्न समुदाय पुनस्र्थापित र तङ्ग्रीन लागि रहेको अवस्थामा पुनः दोस्रो लहरले थप कष्टकर बनायो ।

कोभिड –१९ ले कतिपय जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्नुको साथसाथै दैनिक ज्याला मजदुरी गरी घर खर्च चलाउनु पर्ने समुदायलाई आधारभूत सेवा सुविधाहरूको पहुँचमा समेत कमी हुनआएको छ ।

त्यसले पारेको प्रभावलाई न्यूनीकरण गर्ने अभिप्रायबाट हेल्भेटास नेपाल र स्वीस सोलिडारिटीले कोभिडबाट प्रभावित क्षिरेस्वरनाथ नगरपालिकाका अति विपन्न समुदाय (मुसहर, चमार र डोम)का आधारभूत आवश्यकतालाई सम्बोधन गर्नका लागि र तिनै विपन्न घरपरिवारको जीविकोपार्जनमा तत्काल टेवा पु-याउने उद्देश्यले क्षिरेश्वरनाथ नगरपालिकामा छनोट भएका एक हजार दुई सय ५० घरधुरीलाई जिविकोपार्जनमा तत्कालका समस्या सम्बोधन गर्नका लागि अनुदान सहयोग प्रति घरधुरी रकम २० हजारका दरले भुक्तानी गर्ने कार्यमा संलग्न रहनेछ ।

सिभिल बैंकले छनोट भएका लाभान्वित परिवारहरू खास गरी महिला सदस्यहरूको लागि उनीहरूको घरदैलोमै गई सहजरूपमा व्यक्तिगत बैंक खाता खोल्न सहयोग गरी नगद रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाउनेछ । साथै बैंकले उक्त समुदायमा बैंकिङ प्रणाली तथा वित्तीय साक्षरता सम्बन्धित अभियान पनि सञ्चालन गरिने बताएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया