Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकको रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर

एभरेष्ट बैंकको रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर


काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ । रगतको बढ्दो माग आपूर्तिका निम्ति बैंकका अधिकांश कर्मचारीहरुका साथै ग्राहकले सक्रिय भई रक्तदान कार्यक्रममा सहभागिता जनाएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा धेरै ग्राहक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । रगतको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले बैंकका ५० भन्दा बढी कर्मचारीहरु तथा ग्राहकहरुले रक्तदान गरेका थिए । त्यसैैगरी एक सयभन्दा कर्मचारीहरु तथा ग्राहकहरुले निःशुुल्क जाँच शिविरबाट वरिष्ठ चिकित्सकहरुबाट पोस्ट कोभिडको बारेमा आवश्यक परामर्श लिएका छन् । यसै कार्यक्रमको सिलसिलामा बैंकमा २५ वर्षभन्दा बढी सेवारत कर्मचारीहरुलाई सम्मान गरिएको थियो । यसैगरी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर महानगरपालिकासँग शंखमूलस्थित घाटमा विद्युतीय शव दाह उपकरण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौतापत्र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका बीच साटासाट गरिएको थियो । यसै अवसरमा बैंकले बानेश्वरस्थित शाखाका एक जना पुराना ग्राहकलाई अभिनन्दन पनि गरेको थियो । बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

बैंकले देशैभरि छरिएर रहेको आफ्नो एक सय पाँच वटा शाखा सञ्जाल, एक सय ३८ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यसैगरी बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया