Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल बैंकको बोनस सेयर सूचीकृत

नेपाल बैंकको बोनस सेयर सूचीकृत


काठमाडौं । नेपाल बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको यही पुस २ गतेका दिन सम्पन्न भएको बैंकको ६२औँ वार्षिक साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७७÷७८ मा कायम चुक्ता पुँजीको १४ प्रतिशतका दरले हुनआउने एक अर्ब ७६ करोड ९१ लाख ४६ हजार दुई सय सात रुपैयाँ रकमबराबरको एक करोड ७६ लाख ९१ हजार चार सय ६२ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचीकृत भएको हो ।

सेयर अभौतिकीकरण गरिसकेका सेयरधनीहरूको डिम्याट खातामा १४ प्रतिशतका दरले हुनआउने बोनस सेयर जम्मा हुने र भौतिकरूपमा कायम सेयरधनीहरूले सेयर अभौतिकीकरण गराएपश्चात् मात्र बोनस सेयर खातामा जम्मा हुने भएकोले आफ्नो नाममा रहेको सेयर यथाशीघ्र अभौतिकीकरण गराउन समेत बैंकले आग्रह गरेको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया