एक महिनामा संघीय सरकारको कुल खर्च २२ अर्ब २६ करोड
काठमाडौं । एक महिनामा संघीय सरकारले कुल २२ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷०८० को साउन मसान्तसम्म संघीय सरकारको कुल २२ अर्ब २६ करोड खर्च भएकोे हो । यस अवधिमा चालू खर्चतर्फ पाँच अर्ब ६६ करोड, पुँजीगत खर्चतर्फ एक अर्ब ४८ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्चतर्फ १५ अर्ब १२ करोड छ ।
महालेखाका अनुसार चालू आवको पहिलो महिनामा सरकारको कुल राजस्व ७९ अर्ब ७२ करोड रुपैयाँ परिचालन भएको छ । यसमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश छ । यसमध्ये कर राजस्वतर्फ ७० अर्ब ६४ करोड र गैरकर राजस्वतर्फ नौ अर्ब आठ करोड रुपैयाँ परिचालन भएको छ । नगद मौज्दात २०७९ साउन मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा दुई खर्ब ९४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यस्तो रकममा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत समावेश रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात दुई खर्ब २७ अर्ब ६९ करोड रहेको थियो ।
महालेखाका अनुसार प्रदेश सरकारको स्रोतप्राप्ति १० अर्ब ८१ करोड रुपैयाँ छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी चार अर्ब ९७ करोड छ र प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट पाँच अर्ब ८४ करोड छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च २८ करोड रुपैयाँ छ ।
क्याटेगोरी : breaking, वित्त पूँजी बजार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया