पोखरा फाइनान्स लिमिटेडको लाभांश पारित
काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडको २६ औं वार्षिक साधारण सभाले सेयर सदस्यहरुलाई लाभांश दिने घोषण गरेको छ ।
पोखरा फाइनान्स लिमिटेडको २६ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रतिसेयर चार प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर शून्य दशमलव २१ प्रतिशतका दरले नगद लाभांश गरी कुल चार दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बोनस सेयर वितरणपश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी रु. १.०८ अर्ब पुगेको छ ।
साथै सभाले अबको ४ वर्षको लागि संस्थापक समूहबाट श्री डा. दीर्घमान गुरुङ, श्री प्रतिक गुरुङ र श्री दिवाकर पौडेललाई सञ्चालकमा सर्वसम्मत नियुक्त गरेको छ । र आजै सम्पन्न सञ्चालक समितिको बैठकले श्री डा. दीर्घमान गुरुङलाई सर्वसम्मत संस्थाको अध्यक्ष पदमा नियुक्ति गरेको छ ।
त्यसै गरी आ.व. २०७९/८० को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक, वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न समेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रवि चन्द्र गुरुङले जानकारी दिनुभएको छ ।
पोखरा फाइनान्स लिमिटेडले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि वित्तीय संस्थाले जनाएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया