वातावरण दिवसमा सिटिजन्स बैंकको ‘बृहत् वृक्षरोपण’
काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत् वृक्षरोपण’ कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जगेर्ना तथा प्रवर्द्धन गर्ने हेतुले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार काठमाडौंको शान्तिनगरमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।
द रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन बृहत् वृक्षरोपण कार्यक्रम शान्तिनगर वडा नम्बर ९ मा करिब दुई सय ५० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेर कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एवम् मठ मन्दिरहरूमा सहयोग गर्दै आएको छ । बैकले हाल देशैभर फैलिएका आफ्ना एक सय ८३ वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ४० वटा एटीएम छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिव १५ लाख ७२ हजार ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- एमसीसीकी प्रमुख एलिस काठमाडौंमा, एमसीसीबारे प्रधानमन्त्रीसँग छलफल हुने
- (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया