नेप्स पीसीआई एसएससीको सल्लाहकार समितिमा चयन
काठमाडौं । नेप्स पीसीआई एसएससीको सल्लाहकार समितिमा चयन भएको छ । कम्पनीका अनुसार नेप्स पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्डस काउन्सिल (पीसीआई एसएससी)को सल्लाहकार समितिमा चयन भएको हो । पीसीआई एसएससी कार्डमार्फत हुने कारोबारमा डेटा सुरक्षासम्बन्धी मापदण्डहरूको विकासलाई व्यवस्थित गर्न स्थापना भएको अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्था भएको जानकारी पनि नेप्सले दिएको छ । भिसा, मास्टरकार्डजस्ता अन्तर्राष्ट्रिय कार्ड नेटवर्कले पीसीआई डिएसएस सर्टिफिकेसन अनिवार्य गरेका छन् । कार्डमार्फत हुने कारोबारको सुरक्षा र सोसम्बन्धी विकास, भइरहने विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोबारको वातावरण सिर्जना गर्ने तथा डाटा सुरक्षासम्बन्धी मापदण्डहरूको विकास गरी लागु गर्ने उद्देश्यले उक्त संस्था सञ्चालनमा आएको हो ।
सल्लाहकार समितिमा भएका सदस्य संस्थाहरूले कार्डमार्फत हुने कारोबारमा डेटा सुरक्षासम्बन्धी मापदण्डहरूको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नुका साथै आ–आफ्नो बजार, भूगोल र प्राविधिक अनुभवहरू मापदण्डको विकासक्रममा प्रस्तुत गरी मापदण्डहरूलाई समय सापेक्ष बनाउन नेतृत्व गर्ने नेप्सले जानकारी दिएको छ । सल्लाहकार समितिको सन् २०२३–२०२५ को कार्यकालको २० सिटको लागि ६४ मनोनयन दर्ता भएको थियो । सन् २०२३ मार्च १३ देखि २४ सम्म चुनाव भएको थियो । २०२३ जुन १ मा प्रकाशित नतिजाबाट नेप्स वित्तीय संस्था श्रेणीबाट मनोनित भएको जनाएको छ । मनोनित भएसँगै नेप्सले अन्तर्राष्ट्रियरूपमा ख्यातीप्राप्त संस्थाहरूसँग मापदण्ड निर्धारण तथा कार्डमार्फत हुने कारोबारमा डाटा सुरक्षासम्बन्धी अन्य विषयहरूमा छलफल तथा ज्ञान आदान–प्रदान गर्ने जानकारी नेप्सले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया