Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा किसान आन्दोलनमा प्रहरीको गोली लागि एकको मृत्यु

भारतमा किसान आन्दोलनमा प्रहरीको गोली लागि एकको मृत्यु


नयाँदिल्ली । भारतमा आन्दोलनरत किसानमाथि प्रहरीले रबरको गोली चलाउँदा एक किसानको मृत्यु भएको छ । भारतको उत्तरी राज्य हरियाणामा बुधबार आन्दोलित किसानहरूमाथि प्रहरीले रबरको गोली र अश्रु ग्यास प्रहार गरेको थियो । सोही घटनामा एक युवा किसानको मृत्यु भएको र केही घाइते भएको अधिकारीहरुले बताएका छन् ।

प्रहरीका अनुसार २० वर्षीय शुभकरण सिंह प्रहरी कारबाहीमा मारिएका हुन् । हरियाणा प्रहरीले भने उक्त आरोपलाई अस्वीकार गरेको छ । घट्ना पञ्जाब र हिरयाणाकोबीच समीमाविन्दु अनौरीमा भएको हो ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि मृत्युको पुष्टि गरेका छन् । प्रहरीले किसानको आन्दोलन रोक्नका लागि अम्बाला जिल्ला नजिकै अर्को सीमा विन्दु शम्भूमा अश्रु ग्याससहित रबरको गोली चलाएको छ ।

सरकारसँगको वार्ता असफल भएपछि बुधबारदेखि किसान आन्दोलन फेरी सुरु भएको थियो । सरकारसँग आफूहरुले राखेका मागमा सम्झौता हुन नसकेपछि ट्याक्टरमा सवार हजारौँ किसान नयाँदिल्ली तर्फ लागेको देखिएको छ ।

जारी विरोध प्रदर्शन अन्त्य गर्ने प्रस्तावका रूपमा आगामी पाँच वर्षका लागि न्यूनतमा सुरुक्षा मूल्यमा किसानबाट दाल, मकै र कपासको बाली खरिद गर्ने सरकारको प्रस्तावलाई किसानहरुले अस्वीकार गरेका थिए । भारतको संघीय सरकारले बुधबार किसानहरूलाई शान्ति कायम राख्न आग्रह गर्दै समाधानका लागि पाँचौँ चरणको वार्ता गर्न तयार रहेको जनाएको छ ।

किसानहरुले ६० वर्ष वा सो भन्दा बढी उमेरका किसानको ऋण मिनाहा र विश्वव्यापी पेन्सन र अन्य छुटको व्यवस्था गर्न माग गरेका छन् । भारतमा एक अर्ब ४० करोड जनसंख्यामध्ये दुई तिहाई मानिस कृषिमा आधारित छन् । यस्तै कुल गार्हस्थ्य उत्पादनमा (जीडीपी)मा कृषि क्षेत्रको योगदान २० प्रतिशतभन्दा धेरै छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया