Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकामबाट निकालिएका १५ लाखद्वारा बेरोजगारी भत्ताको दाबी

कामबाट निकालिएका १५ लाखद्वारा बेरोजगारी भत्ताको दाबी


वासिड.टन, जेठ ३०
अमेरिकामा कामबाट निकालिएर वेरोजगारी भत्ताको दाबी गर्नेहरुको संख्या १५ लाख पुगेको छ । अघिल्लो हप्तासम्म यसरी बेरोजगारी भत्ता दावी गर्नेहरुको संख्या अनपेक्षित भएको अधिकारीहरुले बताएका छन् । अहिले पनि धेरै अमेरिकीहरुले जागिर गुमाउने क्रम जारी नै रहेको उनीहरुले जानकारी दिएका छन् । अर्थतन्त्र र बजारमा विस्तारै सुधार हुदै गएपनि रोजगारी गुमाउने क्रममा भने नरोकिएको हो । अमेरिकामा अहिले धेरै क्षेत्रमा व्यापारिक गतिविधिहरु आंशिक रुपमा भए पनि सञ्चालन हुँदै आएका छन् । श्रम विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कामबाट निस्काशित हुनेहरुको संख्या अहिलेसम्मकै धेरै देखिएको छ ।

विशेष गरेर रेस्टुरेन्ट, खुद्रा व्यापारहरु र साना व्यवसायमा कार्यरतहरु जागिरबाट निष्काशित भएको पाइएको अधिकारीहरुले बताएका छन् । उनीहरुलाई रोजगारदाताले फेरि बोलाउने अपेक्षा गरिएपनि निश्चित भने नभएको बताइएको छ । अमेरिकामा रोजगारी गुमाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपछि बेरोजगारी भत्ता दिनुपर्ने बाध्यताले सरकार थप अफ्ठ्यारोमा परेको छ । व्यापार व्यवसाय घट्ने, बेरोजगारी बढ्ने र ठूलो रकम बेरोजगारी भत्ताको रुपमा वितरण गर्नुपर्ने बाध्यताले मुलुककै आर्थिक क्षमतामा असर पर्नसक्ने अनुमान गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया