Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा फियाट क्राइस्लर र हुन्डाईको त्रैमासिक बिक्री ह्वात्तै घट्यो

अमेरिकामा फियाट क्राइस्लर र हुन्डाईको त्रैमासिक बिक्री ह्वात्तै घट्यो


अमेरिका, असार १८
फियाट क्राइस्लर अटोमोबाइल एनभी र हुन्डाई मोटर कम्पनीले अमेरिकामा आफ्ना सवारीसाधन बिक्री ह्वात्तै घटेको रिपोर्ट बुधबार सार्वजनिक गरेका छन् । विश्व महामारी कोरोनाभाइरसले विश्वमै धेरै आक्रान्त अमेरिकामा दुई कम्पनीको अटो बिक्रीमा ठूलो गिरावट आएको रोयटर्सले जनाएको छ । अटोको माग समेत घटेको छ । विश्लेषकहरुले दोस्रो त्रैमासिकमा झन् ठूलो दरले समग्र अटो बिक्री कमी हुने अनुमान गरेका छन् ।

भाइरस संक्रमणको भयले गरिएको लकडाउन र रोजगारी गुमाउने अवस्थाले उपभोक्तालाई अप्ठ्यारोमा पारेको छ । फियाट क्राइस्लरको अमेरिकामा अटो बिक्री ३९ प्रतिशतले घटेको छ । उक्त अवधिमा कम्पनीले ३ लाख ६७ हजार ८६ वटा सवारीसाधन मात्र बिक्री गरेको छ । कम्पनीको जीप र डज स्पोर्ट युटिलिटी भेहिकलसँगै पिकअप ट्रकको माग समेत घटेको छ ।

त्यस्तै हुन्डाईले पनि अमेरिकामा आफ्ना सवारीसाधन बिक्रीमा २४ प्रतिशत गिरावट आएको जनाएको छ । दोस्रो त्रैमासिक अवधिमा कम्पनीका १ लाख ४१ ह्जार ७ सय २२ वटा सवारीसाधनहरु बिक्री भएका छन् । विश्लेषकहरुका अनुसार आगामी त्रैमासिकहरुमा क्रमशः अटो बजार फस्टाउनेछ । खासगरी कम्पनीहरुले महत्वपूर्ण छुट दिने अफरहरु ल्याउने र त्यसले सवारीसाधन बिक्री बढाउनेछ ।

अमेरिका हेर्ने फियाटका प्रमुख जेफ कोमरले अप्रिलयता रिटेल बिक्री पुरानै अवस्थामा फर्किनथालेको बताए । आर्थिक परिवेश चलायमान हुँदा र ग्यासको मूल्य बढ्दै जाँदा अटो खुद्रा बजार फर्किनथालेको उनको भनाइ छ । अटो कन्सल्ट्यान्ट जेडी पावर र एलएमसी अटोमोटिभले जुनमा अमेरिकामा सवारीसाधन बिक्री दर २५ प्रतिशतसम्मले घट्ने अनुमान गरेको छ । जुन १० लाख ९० हजार युनिट दरमा घट्नेछ । अप्रिलमा यस्तो दर ४० प्रतिशत र मेमा २९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया