Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ कम्पनीमाथि थप कडाइ गर्दै अमेरिका

चिनियाँ कम्पनीमाथि थप कडाइ गर्दै अमेरिका


वासिड.टन, भदौ २
अमेरिकाले चिनियाँ दूरसञ्चार सामग्री निर्माता कम्पनी हुवावेमाथि थप प्रतिबन्धहरु लगाउने भएको छ । विद्युतीय सामग्रीमा चिनियाँ कम्पनीको पहुँच रोक्न अमेरिकाले थप प्रतिबन्ध लगाउनलागेको हो । थप प्रतिबन्ध लागे हुवावेले अमेरिकी प्रविधिमा निर्मित कम्प्युटर चिपहरु किन्न पाउनेछैन । जुनसुकै देशमा बनेको भए पनि अमेरिकी प्रविधि भए हुवावेको पहुँच नपुग्ने गरी प्रतिबन्धको तयारी गरिएको हो ।

यसबाहेक हुवावेसँग जोडिएका थप ३८ कम्पनीहरुलाई पनि अमेरिकाले प्रतिबन्धको तयारी गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गत मे महिनामा लगाइएको प्रतिबन्धबाट हुवावे उम्किन खोजेको आरोप लगाएको बीबीसीले जनाएको छ । हुवावेले भने पछिल्लो घटनाक्रमबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन । पछिल्ला केही महिनायता अमेरिका र चीनबीचको तनाव बढिरहेको छ । अमेरिकोको यो कदमलाई यसैसँग जोडेर हेरिएको छ ।

यो महिनाको सुरुमै पोम्पेओले अमेरिकी कम्पनीहरुले अविश्वासी चिनियाँ एपहरुसँग सम्झौता गरिरहेको बताउँदै फिर्ता हुन भनेका थिए । त्यतिबेलै उनले टिकटक र विच्याटजस्ता चिनियाँ एपले अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने दाबी गरेका थिए । अमेरिकाले आफ्ना नागरिकको व्यक्तिगत विवरण सबै टिकटकबाट बाइटीडान्स हुँदै चीन सरकारसम्म पुग्ने दाबी गर्दै आएको छ । सोही कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक बेच्न बाइटीडान्सलाई दबाब दिने उद्देश्यले अमेरिकी कम्पनीलाई टिकटक बेच्न कार्यकारी आदेशमार्फत समयसीमा नै निर्धारण गरिदिएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया