Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएपबाट उपलब्ध हुने सबै ट्याक्सी सन् २०४० सम्म विद्युतीय हुने

एपबाट उपलब्ध हुने सबै ट्याक्सी सन् २०४० सम्म विद्युतीय हुने


अमेरिका, भदौ २५
अमेरिकी कम्पनी उबेरले एप्लिकेसनबाट उपलब्ध हुने आफ्ना सबै ट्याक्सी सन् २०४० सम्ममा विद्युतीय हुने बताएको छ । ती ट्याक्सीहरु अमेरिका, क्यानडा र युरोपेली सहरमा भने अन्तभन्दा १० वर्षअघि नै अर्थात् सन् २०३० सम्ममा विद्युतीय हुनेछन् ।

त्यसका लागि कम्पनीले ८० करोड अमेरिकी डलर खर्च गर्नेछ भने उत्पादकहरुसँग साझेदारी समेत गर्नेछ । प्रयोगकर्ताले विद्युतीय वा हाइब्रिड भेहिकल छान्न पाउनेछन् । यो विकल्प अमेरिका र क्यानडाका १५ सहरमा उपलब्ध हुनेछ । त्यसको लागि थप १ डलर लाग्नेछ । यो वर्षको अन्त्यसम्ममा कम्पनीले विश्वका ६५ भन्दा बढी सहरमा सेवा विस्तार गर्ने जनाएको छ ।

उबेर र उसको प्रतिस्पर्धी लिफ्ट कम्पनीमाथि वायु प्रदूषण र ट्राफिक जाम गराएको भन्दै आलोचना भएको थियो । लिफ्टले पनि सन् २०३० सम्ममा आफ्ना ट्याक्सी सबै विद्युतीय हुने जनाइसकेको छ । उबेरले मंगलबार जनाएअनुसार उसको विद्युतीय ब्याट्री गाडीले शून्य दशमलव १५ प्रतिशतमात्रै रहेको छ । युरोपेली सहरमा सेवा विस्तार गर्न उबेरले रेनो र निसानसँग सहकार्य गर्ने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया