चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

बेइजिङ ।
चीनले अरब लिगलाई कोभिड १९ का विरुद्धको खोप उपलब्ध गराएको जनाइएको छ । बिहीबार चीन सरकारले अरब लिगलाई सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अरब लिगको सचिवालयमा उपलब्ध गराएको हो । इजिप्टको कायरोमा रहेको अरब लिगको सचिवालयमा लगेर इजिप्टका लागि चिनियाँ राजदूतले सो खोप उपलब्ध गराएको प्राप्त समाचारमा जनाएको छ । इजिप्टका लागि चिनियाँ राजदूत लियो लिकियाङले सो कुराको जानकारी गराएका हुन् ।
त्यस अवसरमा उनले खोप उपलब्ध गराएसँगै यसबाट चीन र अरेबियाली देशहरुका बीचको सम्बन्धमा नयाँ आयाम थपिने पनि उल्लेख गरे । उनले यो अवस्थाले चीन र अरब विश्वको सम्बन्ध आगामी दिनमा थप बलियो बन्दै जाने धारणा पनि राखे । उनले बहिरी विश्वमा जे जस्तोसुकै राजनीतिक अवस्था भए पनि चीन र अरब विश्वका देशहरुबीचको सम्बन्ध राम्रो रहेको धारणा उनले राखे ।
इजिप्टमा रहेको अरब लिगको सचिवालयमा एक विशेष समारोहको आयोजना गरेर खोप हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो । चीनले यसअघि पनि अरबका विभिन्न देशलाई सिनोफार्म कम्पनीको खोप उपलब्ध गराएको थियो । चीनले यसअघि पनि कोभिडको संक्रमणको शुरुआतका समयमा पनि कतिपय अरब देशहरुलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
- बंगलादेशमा एकै दिन सयभन्दा बढी कोभिड–१९ संक्रमितको मृत्यु
- उदारीकरण र नेपालको अर्थतन्त्र
- धकेलिएको स्तरोन्नति
- घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा
- स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार
- ‘शिलान्यास रिद्धिसिद्धिसँग’ नामक विशेष योजना
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- जघन्य अपराधमा राज्य उदासीन
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया