Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार१० ठूलामध्ये सात भारतीय कम्पनीको मार्केट क्याप घट्यो

१० ठूलामध्ये सात भारतीय कम्पनीको मार्केट क्याप घट्यो


नयाँ दिल्ली ।
भारतीय सेयरबजार सेन्सेक्समा सूचीकृत १० ठूलामध्ये सातवटा कम्पनीको बजार पुँजीकरण (मार्केट क्याप) मा गत हप्ता कुल १० खर्ब ७५ अर्ब भारु गिरावट आएको छ । नवभारत टाइम्सका अनुसार यसमा आधा घाटा व्यहोर्ने सिंगै कम्पनी रिलायन्स इन्डस्ट्रिज बनेको छ । गएको एक हप्तामा बीएसईका ३० सेयरवाला सेन्सेक्स ८४९.७४ अंकले घटेको थियो ।

शीर्ष १० कम्पनीमा केवल टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस), हिनदुस्ताान युनिलिभव (एचयूएल) र एचडीएफसीको बजार मूल्यांकन बढेको छ । समीक्षा अवधिमा रिलायन्स इन्डस्ट्रिजको बजार पुँजीकरण पाँच खर्ब ५५ अर्ब ६५ करोड घटेर एक सय २६ खर्ब ४२ अर्ब ४३ करोडमा झरेको छ । त्यस्तै बजाज फाइनान्सको बजार अवस्था पनि एक खर्ब ६१ अर्ब ९७ करोड भारु घटेर ३१ खर्ब २३ अर्ब २७ करोडमा झरेको छ । भारतीय स्टेट बैंकको पनि एक खर्ब २४ अर्ब ९४ करोड घटेर ३१ खर्ब ८६ अर्ब ९७ करोड भारु पुगेको छ ।

यता कोटक महिन्द्रा बैंकको बजार पुँजीकरण एक खर्ब १६ अर्ब ८१ करोड घटेर ३५ खर्ब १२ अर्ब ७२ करोडमा र आईसीआईसीआई बैंकको ५४ अर्ब ६७ करोड घटेर ४० खर्ब ९३ करोडमा झरेको छ । इन्फोसिसको बजार पुँजीकरण ३७ अर्ब ५१ करोड घटेर ५६ खर्ब ९३ अर्ब ५२ करोडमा आइपुगेको छ । एचडीएफसी बैंकको बजार पुँजीकरण २४ अर्ब आठ करोड घटेर ८२ खर्ब २६ अर्ब १६ करोडमा झरेको छ । तर टीसीएसको बजार मूल्यांकन १८ अर्ब १२ करोड बढेर एक सय १३ खर्ब ४९ अर्ब २४ करोड पुगेको छ ।

हिन्दुस्तान युनिलिभरको बजार पुँजीकरण तीन अर्ब ६४ करोडले बढेर ५४ खर्ब ३९ अर्ब २४ करोड र एचडीएफसीको ६२ करोड बढेर ४५ खर्ब ६७ अर्ब ४१ करोड भारु पुगेको छ । शीर्ष १० कम्पनीको सूचमा रिलायन्स इन्डस्ट्रिज पहिलो स्थानमा छ भने त्यसपछि क्रमशः टीसीएस, एचडीएफसी बैंक, इन्फोसिस, हिन्दुस्तान युनिलिवर, एचडीएफसी, आईसीआईआई बैंक, कोटक महिन्द्रा बैंक, एसबीआई र बजाज फाइनान्स रहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया