Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले बनायो विश्वकै ठूलो फाइभजी मोबाइल नेटवर्क

चीनले बनायो विश्वकै ठूलो फाइभजी मोबाइल नेटवर्क


बेइजिङ ।
चीनले विश्वकै ठूलो फाइभजी मोबाइल नेटवर्क निर्माणमा प्रारम्भिक सफलता पाएको त्यहाँको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सोमबार जनाएको छ ।

चालू वर्षको फेब्रुअरीसम्म चीनले कुल सात लाख ९२ हजार फाइभजी बेस स्टेसन निर्माण गरेको हो । योसँगै नेटवर्कमा पहुँच पुग्ने मोबाइल टर्मिनलको संख्या २६ करोड पुगेको उद्योग उपमन्त्री लिउ लिउहोंगले पत्रकार सम्मेलनमा जानकारी दिएको सिन्ह्वाले जनाएको छ ।

यो वर्षको दोस्रो छ महिनामा चीनमा फाइभजी मोबाइल फोन शिपमेन्ट कुल शिपमेन्टको ८० प्रतिशत हुने अनुमान पनि गरेको छ । सन् २०२१ मा चीनले छ लाखभन्दा धेरै फाइभजी बेस स्टेसन निर्माण गर्ने लक्ष्य राखेको छ ।

मन्त्रालयले फाइभजी नेटवर्कको एप्लिकेसन र संरचनालाई प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि जनाएको छ । मुख्य सहरमा फाइभजी कभरेजलाई बढावा दिन सरकारले सहयोगको प्रतिबद्धता जनाएको बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया