छ महिनामा पाकिस्तानले भित्र्यायो ११ अर्ब डलर रेमिट्यान्स
कराची, पुस २८
सन् २०१९/०२० को पहिलो छ महिनामा पाकिस्तानको रेमिट्यान्स आउने क्रम बढेको छ । पाकिस्तानी मिडियाका अनुसार छ महिनामा ३.३ प्रतिशतले बढेर रेमिट्यान्स ११ अर्ब ३९ करोड अमेरिकी डलर पुगेको छ । गत वर्षको सोही अवधिमा ११ अर्ब ३ करोड डलर रेमिट्यान्स भित्रिएको थियो । पाकिस्तानको स्टेट बैंक अफ पाकिस्तानका अनुसार डिसेम्बरमा पनि उत्साहजनक रुपमा रेमिट्यान्स आप्रवाह भएको छ । उक्त महिना वर्षगत तुलनामा १९.८९ प्रतिशतले बढेर २ अर्ब ९ करोड डलर भित्रिएको छ भने नोभेम्बरमा १५ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रेमिट्यान्स भित्रिएको छ ।
रेमिट्यान्स आउने देशको आर्थिक वृद्धिदर समेत राम्रो रहेको कारण त्यसले सहयोग गरेको देखिएको छ । गत हप्ता विदेशी सञ्चिति समेत ११ अर्ब ५० करोड अमेरिकी डलर पुगेको थियो । जुन ३० महिनायताकै उच्च भएको बताइएको छ । देशगत तुलनामा साउदी अरेबियाबाट सबैभन्दा बढी २ अर्ब १६ करोड डलर जुलाईदेखि डिसेम्बरसम्मको अवधिमा भित्रिएको छ । अघिल्लो वर्ष २ अर्ब ५६ करोड डलर भित्रिएको थियो । त्यसपछि यूएईबाट २ अर्ब ३४ करोड डलर भित्रिएको छ । तेस्रो धेरै रेमिट्यान्स भने अमेरिकाबाट भित्रिएको छ ।
पहिलो छ महिनामा अमेरिकाबाट १ अर्ब ८८ करोड डलर भित्रिएको हो । त्यस्तै गल्फ कोअपरेसन काउन्सिल सदस्यराष्ट्रबाट १ अर्ब ८ करोड अमेरिकी डलर भित्रिएको छ । बेलायतबाट १ अर्ब ७५ करोड भित्रिँदा मलेसियाबाट ७९ करोड ८० लाख अमेरिकी डलर भित्रिएको छ । युरोपेली संघबाट समेत ८.४ प्रतिशतले बढेर ३३ करोड ९२ लाख डलर भित्रिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया