Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनल श्रीलंकालाई दोस्रो चरणको खोप दियो

चीनल श्रीलंकालाई दोस्रो चरणको खोप दियो


कोलम्बो ।
शक्तिशाली मुलुक चीनले आफ्नो छिमेकी मुलुक श्रीलंकालाई कोरोनाभाइरसविरुद्ध लगाइने दोस्रो चरणको खोप पनि उपलब्ध गराएको छ । चीन सरकारले दिएको दोस्रो चरणको खोप बुधबार स्वदेश आइपुगेको श्रीलंकाका अधिकारीले जानकारी दिएका छन् । कोरोनाभाइरसविरुद्ध प्रयोग हुँदै आएको सिनोफार्म खोप दोस्रो चरण अन्तर्गत पाँच लाख मात्रा चीनले श्रीलंकालाई उपलब्ध गराएको हो ।

कोरोनाभाइरसको महामारी फैलिइरहेको श्रीलंकामा खोपको अभाव भइरहेका बेला चीनले दोस्रो पटक पनि खोप उपलब्ध गराएपछि ठूलो राहत महसुस भएको अधिकारीले जनाएका छन् । ‘चीनले दोस्रो पटक उपलब्ध गराएको पाँच लाख खोप बुधबार विहानै हामीले प्राप्त गरेका छौँ’, श्रीलंकाली एक अधिकारीले भने ।

चीनले यसअघि पहिलो चरणअन्तर्गत श्रीलंकालाई गत मार्चमा छ लाख मात्रा खोप उपलब्ध गराएको थियो । भारतमा कोरोनाभाइरसको महामारी फैलिएको र भारतले अन्य देशलाई खोप उपलब्ध गराउन नसकेकाले श्रीलंकालगायतका धेरै देश मर्कामा परेका छन् ।

खोपका लागि श्रीलंकाले अहिले पश्चिमी प्रान्तलाई प्राथमिकतामा राखेको पाइएको छ । राजधानी कोलम्बोसहित क्षेत्र प्राथमिकताको सूचीमा परेका हुन् । यी क्षेत्रमा मात्रै कोरोनाभाइरसबाट संक्रमितको संख्या अत्यधिक धेरै भएकाले खोप लगाउन पनि तीनै क्षेत्रलाई प्राथमिकतामा पारिएको अधिकारीले जनाएका छन् । श्रीलंकामा अहिलेसम्म कोरोनाभाइरसबाट एक लाख ६७ हजार एक सय ७२ जना संक्रमित भएको तथ्यांक रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया