Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफ्रान्समा गुगललाई २२ करोड युरो जरिवाना

फ्रान्समा गुगललाई २२ करोड युरो जरिवाना


पेरिस ।
प्रविधि कम्पनी गुगललाई फ्रान्समा ठूलो परिमाणको रकम जरिवाना गरिएको छ । बीबीसीका अनुसार फ्रान्सका सरकारी अधिकारीहरुले गुगललाई विज्ञापन शक्तिको दुरुपयोग गरेको भन्दै २२ करोड युरो जरिवाना तिराएको हो । फ्रान्सको बजार प्रतिस्पर्धासम्बन्धी नियामकीय समूहले गुगलले प्रतिस्पर्धी कम्पनीलाई हानि पु¥याएर आफ्नो अनलाइन विज्ञापनको प्रवर्द्धन गरेको बताएका छन् । गुगलले आफ्नो अनलाइन एड मार्केटप्लेस गुगल एडीएक्सलाई बढी केन्द्रित गरेको आरोप लगाइएको छ ।

यता गुगलले विज्ञापन व्यवसायमा परिवर्तन गर्ने बताएको छ । अमेरिकी कम्पनीले प्रकाशकहरुलाई आफ्नो डेटा र टुल्स प्रयोग गर्न सहजीकरण गर्ने बताएको छ । कम्पनीले तत्कालै यी परिवर्तन गर्ने र सबैतिर लागू गर्ने प्रतिक्रिया दिएको छ । अल्फाबेटको स्वामित्व रहेको कम्पनीले यसअघि पनि युरोपमा ठूला ठूला जरिवाना तिर्दै आएको छ ।

सन् २०१९ मा गुगललाई झण्डै डेढ अर्ब युरो जरिवाना तिराइएको थियो । त्यस्तै फ्रान्सकै डेटा नियामक सीएनआईएलले सोही वर्ष पाँच करोड युरो तिराएको थियो । त्यसअघि पनि सन् २०१८ मा युरोपमै गुगललाई चार अर्ब ३४ करोड युरोको कीर्तिमानी जरिवाना तिराइएको थियो । सन् २०१७ मा युरोपमै २ अर्ब ४२ करोड युरो जरिवाना तिराइएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया